लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
सोमबार, १२ फागुन २०८१, १३ : ४१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले चोरी पैठारी गरि ल्याइएको समानहरु लामो समयसम्म पनि लिलामी गर्न नसक्दा राज्यले करोडौँको राजश्व गुमाउनु परेको बताए ।
उनले भने, ‘नेपालभरिका भन्सार कार्यालयमा चोरी पैठारीबाट बरामद गरेका सामानहरुको नेपाल सरकार अर्थ मन्त्रालयले व्यवस्थापन गरेमा राजश्व क्षतिबाट जोगिने अवस्था हुन्छ । त्यो व्यवस्थापन गर्ने सन्दर्भमा सबैले पुरस्कार बनाउने व्यवस्था पनि हुनसक्छ ।’
उनले देशभरका भन्सार कार्यालयमा बरामद सामानको समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण