भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन् : एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको हो ।
बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको बताए । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको बताए ।
पार्टीले राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गरेको छ । उनले भने, ‘मुलुकमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको छ । समग्र अर्थतन्त्रको पुनर्गठन नगर्दासम्म टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन सक्दैन । राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
-
राइड सेयरिङ तनाव : सरकार-व्यवसायी अडानले मर्कामा यात्रु
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
-
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?