लोकप्रिय पर्यटन गन्तव्यमा ५ महिला र ३ पुरुषको हत्या
मेक्सिको । मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ ।
ग्वानाजुआटोको सडकमा शनिबार राति पाँच महिला र तीन पुरुषको हत्या भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
ग्वानाजुआटो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो भने यहाँ हुने हिंसात्मक गतिविधिका कारण यसलाई मेक्सिकोको एक हिंस्रक राज्य पनि मानिन्छ ।
सन् २०२३ मा बन्दुकधारीले जल उद्यानमा आक्रमण गरी एक बालकसहित सात जनाको हत्या गरेको थियो ।
नेसनल गार्डले आइतबार ग्वानाजुआटोमा सान्टा रोजा डे लिमा कार्टेलका लागि आक्रमणको नेतृत्व गरेको पहिचान गरिएको भनिएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मेक्सिकोमा सन् २००६ मा मानव बेचबिखन नियन्त्रणका लागि सेना परिचालन गरेयता लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण