समाचार
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
सोमबार, १२ फागुन २०८१, १५ : १३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिजाइन भइरहेकै अवस्थामा यूएसएडका तीन कार्यक्रम रोकिएका छन् । सोमबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सञ्चालन गर्न लागेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको जनाएको हो ।
अर्थ मन्त्रालयका अनुसार रोकिएका तीनवटै कार्यक्रम डिजाइनको भइरहेको उल्लेख गरेको छ । रोकिएका तीन कार्यक्रमको सम्झौता समेत नभइसकेकाले कुनै सहयोग प्राप्त नभएको मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।
उनका अनुसार अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा सन् १९५१ देखि निरन्तर अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम