कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
मस्को । युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएभ र रेडक्रससँग सम्झौता गरेको रुसी अधिकार आयुक्तले सोमबार बताएका छन् । युक्रेनले छ महिनाअघि रुसी क्षेत्रमा आकस्मिक सीमापार आक्रमण गरेको थियो, जसमा दर्जनौँ गाउँ कब्जा गरी धेरै रुसी नागरिकलाई युद्धको रेखाको विपरीतपट्टि समातेको थियो ।
रुसी अधिकार आयुक्त तत्याना मोस्काल्कोभाका अनुसार ती बासिन्दामध्ये केही अहिले युक्रेनको छिमेकी सुमी क्षेत्रमा पुगेका छन् र बेलारुस हुँदै उद्धारको प्रतीक्षामा छन् । ‘आज सुमीमा पहिले नै रहेका मानिसहरू छन् र त्यहाँ रेडक्रस र युक्रेनी पक्षसँग उनीहरूलाई बेलारुस हुँदै रुस लगिने बारे एउटा सम्झौता भएको छ,’ रुसको आरआइए समाचार एजेन्सीका अनुसार मोस्काल्कोभाले भने ।
मोस्काल्कोभाले सम्झौताअन्तर्गत कति कुर्स्क बासिन्दाहरूलाई खाली गरिनेछ भनेर केही बताएनन् । रुसी अधिकारीहरूले सङ्कलन गरेको बेपत्ता व्यक्तिहरूको आधिकारिक सूचीमा सुरुमा युक्रेनी–अधिकृत क्षेत्रमा करिब पाँच सय जना मात्र बेपत्ता भएको रेकर्ड गरिएको थियो तर स्थानीय बासिन्दाहरूले यो सङ्ख्या तीन हजार नजिक रहेको बताएका छन् ।
सन् २०२२ फेब्रुअरी २४ मा आक्रमण सुरु भएदेखि मस्कोले आक्रमण गरी कब्जा गरेको क्षेत्रमा आफ्ना हजारौँ नागरिक राखिएको र उसले कुर्स्क क्षेत्रमा रुसीहरूलाई सुरक्षित मार्ग प्रदान गरिरहेको युक्रेनले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण