‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
नवलपरासी । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम बढेको बताएका छन् ।
नेकपा एमाले प्रचार विभागले आज कावासोतीमा गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूका कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्य मित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको बताएका हुन् ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले ट्रम्पको निर्णयले यूएसएआईडी र एमसीसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गरे । ‘युएसएआइडीको सहयोगमा भइरहेका काम रोकिने मात्रै होइन, एमसीसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्योल सृजना भएको छ,’ उनले भने, ‘यदि एमसिसी पनि रोकियो भने ठेक्का त भइसक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नुपर्यो, कि त ठेक्का रद्द गर्दा क्षतिपूर्ति व्यहोर्नुपर्यो ।’
उपाध्यक्ष पाण्डेले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने बताउँदै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण