बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
काठमाडौँ । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणमा ओझालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि सोमबार नै प्राधिकरणको अध्यक्ष छनोटमा लागि गठित सिफारिस समितिले ओझासहित तीन जनाको नाम सिफारिस गरेर पठाएको थियो । त्यसरी सिफारिस हुनेहरुमा नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी र दामोदर बसौला थिए ।
नवनियुक्त अध्यक्ष ओझा पत्रकारिता तथा अध्यापन पेशामा संलग्न थिए । यसअघि १२ जनाको नाम सिफारिस भएकोमा मन्त्रिपरिषद्मा पठाइएका बाहेक चिरञ्जीवी चापागाइँ र कमल रेग्मीको नाम सिफारिस गरिएको थियो ।
यीबाहेक डा। देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए ।
नयाँ अध्यक्ष नियुक्त भएसँगै बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल स्वतः सञ्चाललको हैसियतमा पुगेका छन् । उनलाई अध्यक्ष नियुक्ति नभएसम्मका लागि काम गर्नेगरी जिम्मेवारी दिएर पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण