दुर्घटना
काभ्रेमा बस दुर्घटना, १७ जना घाइते
मङ्गलबार, १३ फागुन २०८१, १० : ०७
काठमाडौँ । काभ्रेको काभ्रे भन्ज्याङमा बस दुर्घटना भएको छ । काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् ।
घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बसमा २४ जना यात्रु सवार रहेका थिए ।
घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । बस घटनास्थलमै रहेकोले बाटो एकतर्फी मात्र सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण