उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
वासिङ्टन डीसी । उत्तर कोरियाका ह्याकरहरूले डेढ अर्ब डलर मूल्य बराबरका क्रिप्टोकरेन्सी चोरेका छन् । एकै पटकमा चोरिएको यो अहिलेसम्मको सबैभन्दा ठुलो क्रिप्टो चोरी भएको सुरक्षा विज्ञहरूले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । यस घटनामा आफूलाई विश्वको दोस्रो ठुलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज दाबी गर्ने बाइबिट प्रभावित भएको छ ।
शुक्रबार केही मिनेटमै ह्याकरहरूले सो रकम चोरेको सुरक्षा कम्पनी टीआरएमले भनेको छ । बाइबिटलाई उत्तर कोरियाली ह्याकरहरूले आक्रमण गरेको टीआरएमले एउटा विज्ञप्तिमा भनेको छ । बाइबिटबाट ह्याकरहरूले डेढ अर्ब डलर मूल्यका इथेरियम टोकन चोरेको टीआरएमको भनाइ छ । हालैका वर्षहरूमा करोडौं मूल्यका क्रिप्टोरकेन्सी चोरीमा उत्तर कोरियाली ह्याकरहरूको संलग्नता पाइएको छ ।
डिसेम्बरमा एफबीआई, रक्षा मन्त्रालय र जापानको राष्ट्रिय प्रहरी एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै जापानी क्रिप्टो कम्पनीबाट ३० करोड ८० लाख डलर मूल्य बराबरको क्रिप्टो चोरी भएको बताएको थियो । नियमित ट्रान्सफरको क्रममा ह्याकरहरूले इथेरियम डिजिटल वालेटमा चलखेल गरेको र पहिचान नखुलेको ठेगानामा पठाएको फेला पारेको बाइबिटले भनेको छ । ह्याक भएको रकम फिर्ता गर्न सकिएन भने प्रयोगकर्तालाई भएको क्षतिको भर्पाई आफैँले गर्ने कम्पनीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण