निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
मङ्गलबार, १३ फागुन २०८१, १४ : ४१
_q5S9y0DpYj.jpg)
काठमाडौँ । निर्माण व्यवसायीको बाँकी भुक्तानी गर्ने बाटो खुला भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भई सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका आयोजनाको बाँकी रकम भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेसँगै यो बाटो खुला भएको हो ।
मन्त्रिपरिषद्को निर्णयमा भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने उल्लेख गरिएको छ ।
यसअघि अघिल्लो वर्षको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले आन्दोलन घोषणा गरेका थिए । समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी तीन चिजको सेवनले पुर्याउँछ मस्तिष्कमा क्षति
-
अग्नि नियन्त्रकले काम गरेको हेर्न युवकले लगाए आफ्नै घरमा आगो
-
लेडी गागाको कन्सर्टमा २१ लाख दर्शक !
-
निर्माणाधीन संसद् भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर