निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
मङ्गलबार, १३ फागुन २०८१, १४ : ४१
काठमाडौँ । निर्माण व्यवसायीको बाँकी भुक्तानी गर्ने बाटो खुला भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भई सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका आयोजनाको बाँकी रकम भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेसँगै यो बाटो खुला भएको हो ।
मन्त्रिपरिषद्को निर्णयमा भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने उल्लेख गरिएको छ ।
यसअघि अघिल्लो वर्षको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले आन्दोलन घोषणा गरेका थिए । समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण