पुल सुधार र मर्मतका लागि विश्व बैंकसँग झन्डै २० अर्ब ऋण लिँदै सरकार
मङ्गलबार, १३ फागुन २०८१, १४ : ५३
काठमाडौँ । सरकारले पुलको मर्मत र सुधारका लागि विश्व बैंकसँग झन्डै २० अर्ब रुपैयाँ बराबरको ऋण लिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट ‘ब्रिजेज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ अन्तर्गत १५० मिलियन अमेरिकी डलर (झन्डै २० अर्ब नेपाली रुपैयाँ) बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्न लागेको हो ।
उक्त ऋणका लागि वित्तीय सम्झौता तथा कार्यान्वयन दस्ताबेजलाई अन्तिम स्वीकृति अन्तिम रूप दिन सरकारले अर्थ मन्त्रालयका अधिकारी सम्मिलित रहने गरी वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण