ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
विराटनगर । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गत ११ गतेदेखि लागू गरेको निषेधाज्ञा आज राती ११ बजेदेखि अन्त्य गर्ने सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मंगलबार साँझ निकालेको सूचना अनुसार आज राती ११ बजेदेखि निषेधाज्ञा अन्त्य हुने भएको हो । ‘मिति २०८१–११–१० गते जारी भएको आदेश बमोजिम २०८१–११–११ गते बिहान ५ बजे देखि लागु भएको निषेध आदेश जिल्ला सुरक्षा समितिको मिति २०८१–११–१३ गतेको सिफारिस बमोजिम आज मिति २०८१–११–१३ गते राती ११ बजेदेखि अन्त्य भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।
जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनमा उत्रिएको नो केबलकार समूह र प्रहरीबिच १० गते साँझ सदरमुकाम फुङ्लिङमा झडप भएको थियो । झडपमा परी आन्दोलनकारी र प्रहरी गरी दर्जनौँ घाइते भएका थिए । त्यसपछि पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार क्षेत्र र सदरमुकाम फुङ्लिङ बजारमा निषेधाज्ञा जारी भएको थियो । नो केबलकार समूहले सरकारले आव्हान गरेको वार्ताको वातावरण बनाउन निषेधाज्ञा हटाउनु पर्ने सर्त पनि राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण