नाइटमेर कजिन्सले जित्यो हिमालयन डुओ चेसको उपाधि
काठमाडौँ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन डुओ’ ¥यापिड चेस प्रतियोगिताको उपाधि नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन खतिवडाले जितेका छन् । उनीहरूले पाँच राउन्डमा शतप्रतिशत जितसहित १० अंक जाड्दै उपाधि कुम्ल्याएका हुन् ।
व्यक्तिगत खेल भए पनि चेसमा सामूहहिक भावना बलियो बनाउन आयोजित एक दिने प्रतियोगितामा प्रवीर केसी र अनमोल राईको टोली गोथम नाइट्स सात अंकसहित दोस्रो भयो । प्रवीरले चार खेल जिते भने अनमोलले तीन खेलमा सफलता हात पारे ।
स्वीस प्रणालीअुसार पाँच राउन्डमा सञ्चालित प्रतियोगितामा समय १० मिनेटसँगै १० सेकेन्ड इन्क्रिमेन्ट तोकिएको थियो । थापाथलीस्थित एकेडेमीको चेस हलमा नाइट्स ग्याम्बिट ६ अंकसहित तेस्रो भयो । यो टोलीका लियोन महर्जन र शुभ तुलस्यानले समान तीन खेलमा जित हात पारे ।
यसैगरी, सिद्धार्थ जेसी श्रेष्ठ र युग युसी श्रेष्ठको टोली फायर एन्ड आइसले बेस्ट नेम अवार्ड जित्यो । प्रतियोगितामा १६ टोली सहभागी भएका थिए । प्रत्येक जितमा दुई अंक र बराबरीमा एक अंक दिइएको थियो भने हारमा कुनै अंक थिएन ।
एक रेटेड र एक अनरेटेड खेलाडीको टोली बनाइएको थियो । उपाधि विजेता नाइटमेर कजिन्सले पाँच हजार, उपविजेता गोथम नाइट्सले तीन हजार र तेस्रो भएको नाइट्स ग्याम्बिटले दुई हजार रुपैयाँ नगदसहित ट्रफी तथा मेडल प्राप्त गरे ।
प्रथम राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता विकासमान लामा, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, माइस इन्टरनेसनलकी सीओओ सिलु श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोलालिशा खम्बूले पुरस्कार वितरण गरेका थिए ।
गत वर्ष चैत १ गते स्थापित हिमालयन चेस एकेडेमीले आयोजना गरेको पाँचौ प्रतियोगिता हो, हिमालयन डुओ । एकेडेमीले यसअघि एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्डस, हिमालयन तीज चेस टोर्नी र प्यट्रिओटिक पन च्याम्पियनसिप आयोजना गरेको थियो । एक सय जनाभन्दा बढीलाई नियमित चेसको प्रशिक्षण दिइरहेउको एकेडेमीले स्कुल र समुदायमा पनि कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण