जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
लाहोर । अफगानिस्तानका ओपनर इब्राहिम जादरानले लाहोरको गद्दाफी रंगशालामा इंग्ल्याण्डविरुद्ध शानदार इनिङ्स खेल्दै धेरै रेकर्ड आफ्नो नाममा बनाउन सफल भएका छन् । यो इनिङ्स खेलेर जादरानले धेरै महान् खेलाडीहरूलाई पछाडि छोडेका छन्।
जादरानको शानदार इनिङ्सको मद्दतले अफगानिस्तान टोलीले इंग्ल्याण्डलाई ३३६ रनको ठुलो लक्ष्य दिएको छ। अफगानी ब्याट्सम्यानले १४६ बलको सामना गर्दै १७७ रनको यादगार इनिङ्स खेले। आफ्नो इनिङ्सको क्रममा उनले १२ चौका र ६ वटा विशाल छक्का प्रहार गरे।
योसँगै जादरान आईसीसी च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा ठुलो इनिङ्स खेल्ने ब्याट्सम्यान बनेका छन्। उनले चार दिनअघि बेन डकेटले बनाएको कीर्तिमान तोडेका हुन्। अस्ट्रेलिया विरुद्ध खेल्दा डकेटले १६५ रन बनाएका थिए।
जादरानले अफगानिस्तानका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा ठुलो इनिङ्स खेल्ने कीर्तिमान पनि बनाएका छन्। उनले सन् २०२२ मा बनाएको आफ्नै रेकर्ड तोडेका हुन्। जादरानले श्रीलंका विरुद्ध १६२ रन जोडेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण