मेस्सी भन्छन्– ‘जोन लापोर्टा अध्यक्ष रहेसम्म म बार्सिलोना फर्कन्न’
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक अर्जेन्टिनी स्टार लियोनल मेस्सीले तत्काल बार्सिलोना फर्कने आफ्नो कुनै योजना नरहेको बताएका छन् । कीर्तिमानी रुपमा आठपटकका बालोन डी’ओर विजेता मेस्सीले भविष्यमा बार्सिलोना फर्कने सक्ने सम्भावना भने बाँकी रहेको बताए ।
मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यवायिक फुटबल खेल्छन् । इन्टर मियामीसँग उनको सम्झौता यही सिजनको अन्त्यमा समाप्त हुँदैछ । इन्टर मियामीसँग सम्झौता सकिएपछि मेस्सी बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । तर, ३७ वर्षीय स्ट्राइकर मेस्सीले भने सञ्चारकर्मीसँगको कुराकानीमा तत्कालन आफू स्पेनिस क्लब फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । जोन लापोर्टा बार्सिलोनाको अध्यक्ष रहेसम्म आफू उक्त क्लबमा नफर्कने जानकारी दिएका हुन् ।
मेस्सीले लामो समय बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए । बार्सिलोनाको हरेक ठुला सफलतामा मेस्सीको महत्वपूर्ण योगदान गरेको छ । उनले सन् २००४ देखि सन् २०२१ सम्म बार्सिलोनाको सिनियर टोलीबाट खेलेका थिए । त्यसअघि उनले बार्सिलोनाकै युवा टोलीबाट पनि खेलेका थिए । ‘जोन लापोर्टा अध्यक्ष रहेसम्म मेरो बार्सिलोना फर्कने कुनै योजना छैन,’ उनले भनेका छन् ।
मेस्सीको उक्त अभिव्यक्तिपछि उनले इन्टर मियामीसँगै सम्झौता नविकरण गर्न लागेको अनुमान लगाइएको छ । यसबिचमा स्पेनकै केही समाचारपत्रले मेस्सी छिट्टै बार्सिलोना फर्कन लागेको दाबीसहित समाचार प्रकाशित गरेका थिए । तर, मेस्सीको पछिल्लो अभिव्यक्तिले यो दाबीलाई असत्य सावित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण