दुर्घटना
इलामको दानाबारीमा पिकअप भ्यान दुर्घटना, १५ जना घाइते
बिहीबार, १५ फागुन २०८१, १५ : १०

इलाम । इलामको माई नगरपालिका–१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् । बिहीबार अपराह्न भएको सो दुर्घटनामा १५ जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार पश्चात् थप उपचारका बिर्तामोड तर्फ लगिएको इलामका कार्यवाहक प्रमुख जिल्ला अधिकारी हरि मगरले जानकारी दिए ।
महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमबाट आउँदै गरेका सहभागी लिएर आएको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेका घाइतेहरू मध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ । घाइतेहरू माई नगरपालिका– ७ का बासिन्दा भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
ट्रान्सफर्मर चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान