रहेनन् हलिउड अभिनेता जिन ह्याकम्यान, पत्नी र कुकुर पनि मृत भेटिए

लस एञ्जलस । हलिउडबाट एउटा दुखद खबर आएको छ । चर्चित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित घरमा मृत फेला परेका छन् ।
जीन ह्याकम्यान ९५ वर्षका थिए । जीन र उनकी पत्नीको शंकास्पद परिस्थितिमा मृत्युको खबरले उनका फ्यानहरू मात्रै होइन सारा हलिउड स्तब्ध भएको छ । प्रहरीले मृत्यु कसरी भयो भनेर छानबिन गरिरहेको बताइएको छ ।
न्यु मेक्सिकोस्थित अभिनेताको घरमा दम्पती मात्रै होइन उनीहरूको कुकुर पनि मृत भेटिएको छ ।
सान्ता फे प्रहरीले द सनलाई मृत्युको पुष्टि गरेको हो । प्रहरीका अनुसार यी दुई बाहेक, अभिनेताको कुकुर पनि घटनास्थलमा मृत फेला परेको थियो । दसकौँ लामो अभिनय जीवनमा जीन ह्याकम्यानले दुई वटा ओस्कार र दुई बाफ्टा अवार्ड पाएका छन् । ह्याकम्यानले २१ वर्ष अघि अभिनयबाट संन्यास लिएका थिए । डाक्टरहरूले स्वास्थ्यबारे चेतावनी दिएपछि २००४ मा ७४ वर्षको उमेरमा उनले अभिनय छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते