रहेनन् हलिउड अभिनेता जिन ह्याकम्यान, पत्नी र कुकुर पनि मृत भेटिए
लस एञ्जलस । हलिउडबाट एउटा दुखद खबर आएको छ । चर्चित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित घरमा मृत फेला परेका छन् ।
जीन ह्याकम्यान ९५ वर्षका थिए । जीन र उनकी पत्नीको शंकास्पद परिस्थितिमा मृत्युको खबरले उनका फ्यानहरू मात्रै होइन सारा हलिउड स्तब्ध भएको छ । प्रहरीले मृत्यु कसरी भयो भनेर छानबिन गरिरहेको बताइएको छ ।
न्यु मेक्सिकोस्थित अभिनेताको घरमा दम्पती मात्रै होइन उनीहरूको कुकुर पनि मृत भेटिएको छ ।
सान्ता फे प्रहरीले द सनलाई मृत्युको पुष्टि गरेको हो । प्रहरीका अनुसार यी दुई बाहेक, अभिनेताको कुकुर पनि घटनास्थलमा मृत फेला परेको थियो । दसकौँ लामो अभिनय जीवनमा जीन ह्याकम्यानले दुई वटा ओस्कार र दुई बाफ्टा अवार्ड पाएका छन् । ह्याकम्यानले २१ वर्ष अघि अभिनयबाट संन्यास लिएका थिए । डाक्टरहरूले स्वास्थ्यबारे चेतावनी दिएपछि २००४ मा ७४ वर्षको उमेरमा उनले अभिनय छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण