पाकिस्तान र बंगलादेशबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा बिहीबार खेलिने तय भएको आयोजक पाकिस्तान र बंगलबादेशबिचको खेल रद्द भएको छ । निरन्तरको वर्षाका कारण पाकिस्तानको रावलपिण्डी स्टेडियममा खेलिने भनिएको खेल रद्द भएको हो ।
वर्षाका कारण खेलमा टससमेत हुन सकेन । खेल रद्द भएपछि दुबै टोलीले एक–एक अंक प्राप्त गरेका छन् । यी दुबै टोली यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेका छन् । समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।
आयोजक राष्ट्र पाकिस्तानका लागि जारी च्याम्पियन्स ट्रफी सबैभन्दा निराशाजनक रह्यो । पाकिस्तान अंक तालिकामा पनि बंगलादेशभन्दा तल रह्यो । समान अंक रहे पनि नेट रन रेटमा बंगलादेशभन्दा आयोजक पाकिस्तान पछाडि छ ।
उक्त समूहमा अब न्युजिल्यान्ड र भारतबिच एक खेलमात्र खेलिन बाँकी छ । यी दुबै टोली अघिल्ला दुबै खेल जित्दै सेमिफाइनलमा पुगिसकेका छन् । हालको नेट रन रेटमा भारतभन्दा न्युजिल्यान्ड अगाडि छ ।
मार्च २ तारिखमा यी दुई टोलीबिच अन्तिम खेल खेलिने छ । उक्त खेलमा जित हात पार्ने टोली समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्नेछ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो