पाकिस्तान र बंगलादेशबिचको खेल वर्षाका कारण रद्द
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा बिहीबार खेलिने तय भएको आयोजक पाकिस्तान र बंगलबादेशबिचको खेल रद्द भएको छ । निरन्तरको वर्षाका कारण पाकिस्तानको रावलपिण्डी स्टेडियममा खेलिने भनिएको खेल रद्द भएको हो ।
वर्षाका कारण खेलमा टससमेत हुन सकेन । खेल रद्द भएपछि दुबै टोलीले एक–एक अंक प्राप्त गरेका छन् । यी दुबै टोली यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेका छन् । समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।
आयोजक राष्ट्र पाकिस्तानका लागि जारी च्याम्पियन्स ट्रफी सबैभन्दा निराशाजनक रह्यो । पाकिस्तान अंक तालिकामा पनि बंगलादेशभन्दा तल रह्यो । समान अंक रहे पनि नेट रन रेटमा बंगलादेशभन्दा आयोजक पाकिस्तान पछाडि छ ।
उक्त समूहमा अब न्युजिल्यान्ड र भारतबिच एक खेलमात्र खेलिन बाँकी छ । यी दुबै टोली अघिल्ला दुबै खेल जित्दै सेमिफाइनलमा पुगिसकेका छन् । हालको नेट रन रेटमा भारतभन्दा न्युजिल्यान्ड अगाडि छ ।
मार्च २ तारिखमा यी दुई टोलीबिच अन्तिम खेल खेलिने छ । उक्त खेलमा जित हात पार्ने टोली समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण