नयाँ शक्ति विद्यार्थी युनियनले बुझायो सीटीईभीटीलाई १२ बुँदे माग पत्र
काठमाडौँ । नयाँ शक्ति विद्यार्थी युनियनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई १२ बुँदे माग पत्र बुझाएको छ । केही वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षामा कमी, प्रशिक्षार्थीहरूको भर्ना दर घट्नु र संस्थाहरूको सङ्ख्या दिन प्रति दिन मापदण्ड विपरीत बढ्दै गएको भन्दै ती सुधारको माग गर्दै माग पत्र बुझाएको हो ।
युनियनका अध्यक्ष बल बहादुर रम्तेलले परिषद् सदस्य सचिव महेश भट्टराईलाई बुझाएको मागपत्रमा विभिन्न समयमा बनेको शिक्षालयहरूको नक्साङकनको लागि बनेको कार्यविधि लागु गरिनुपर्ने, सम्पूर्ण शिक्षालयहरूमा शैक्षिक क्यालेन्डर लागु गरिनुपर्ने लगायतका माग राखेका छन् ।
तेस्रो (अन्तिम) वर्षको वार्षिक परीक्षाको नतिजा ६० दिन भित्र र अन्यको ३ महिना भित्र नतिजा प्रकाशन गर्ने कार्यविधि वा कानुन बनाई लागु गर्न समेत माग गरेको छ । त्यस्तै पास भएका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट, प्रोभिजनल, समकक्षता लगायतका प्रमाणपत्रहरू प्रदेश कार्यालय मार्फत वितरण गरिनुपर्ने, बजारको माग अनुसारको पाठ्यक्रम निर्माण गरिनुपर्ने माग अघि सारेको छ ।
आफूहरूले अघि सारेका मागहरू सात दिनभित्रमा सम्बोधन नगरेको खण्डमा चरणबद्ध निर्मम सङ्घर्ष र आन्दोलन गर्ने चेतावनी दिए । आन्दोलनका क्रममा हुने क्षतिको समेत जिम्मेवारी सम्बन्धित सरोकारवालाले लिनुपर्ने समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण