विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्छ : उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्ने बताएकी छन् । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको काठमाडौँ शैक्षिक मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उपप्रमुख डंगोलले विद्यार्थीलाई किताबको ज्ञानका साथै भविष्यमा जीविकोपार्जन गर्नसक्ने सीप सिकाउनु पर्ने बताइन् । उनले महानगरले सुरु गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको बताइन् । हरेक विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने गरी सिपसहितको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘गरी खाने शिक्षा, महानगरको इच्छा । यस्तो शिक्षा हुनुपर्छ जसले गर्दा विद्यार्थीहरू भोलि आफैँले कमाइ खान सक्ने खालको गरी खानसक्ने शिक्षा हुनुपर्छ भनेर स्कुलमा हामीले स्कुलमा ‘स्किल एन एजुकेसन’को थालनी गर्यौँ । किताबी ज्ञानले मात्र अपुग छ, किताबी ज्ञान सँगसँगै जीवन उपयोगी सीपहरू पनि चाहिन्छ भन्ने कुरा अहिले हामीले बोलिरहनु भन्दा पनि अघिदेखि सकेको छ ।’
उपप्रमुख डंगोलले अभिभावकले विद्यार्थीले सिकेका सीपको प्रशंसा गरेर थप सिक्न आत्मविश्वास जगाइ दिनुपर्ने बताइन् । विद्यार्थीले आफूले सीप सिकेर अरू दश जनालाई सीप सिक्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिइन् । काठमाडौँ शैक्षिक मेला शनिबारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण