दराजको ३.३ मार्च म्याडनेस, ६०% सम्मको छुट
काठमाडौँ । नेपालको अनलाइन सपिङ गन्तव्य दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ ।
ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६०% सम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरू प्राप्त गर्न सक्नेछन् । यो फागुन १९ देखि फागुन २३ सम्म चल्नेछ ।
क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्यास सेलमार्फत दैनिक रूपमा आकर्षक छुटहरूको लाभ लिन सक्नेछन् । यस अन्तर्गत, ग्राहकहरूले सेटाफिल, अईवीबी, डा. केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६०% सम्मको आकर्षक छुट पाउनेछन् । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ ।
त्यसै गरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकहरूले थप आकर्षक अफरहरूको अनुभव प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिइएको छ । तर, यसका लागि दाबी योग्यता र मापदण्ड अनुरूप हुनु पर्नेछ ।
३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रूपमा निःशुल्क डेलिभरी सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकहरूले कम्तीमा रु. ४९९ को खरिद गर्दा चुनिएका विक्रेताहरू बाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन् । निःशुल्क डेलिभरीका भाउचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि-डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण