समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा
कराँची । आईसीसी च्याम्पियन्स ट्रफीमा शनिबार भएको खेलमा इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह बीको विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्ड भने प्रतियोगितामा जितविहीन बन्दै बाहिरिन पुगेको हो ।
इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो । टोलीको जितमा रासी भान डेर डुसेनले सर्वाधिक ७२ रनको योगदान दिए । नटआउट रहेका उनले ७८ बलमा ६ चौका र ३ छक्का हिर्काए ।
उनलाई हेनरिच क्लासेनले राम्रो साथ दिए । उनले ५६ बलमा ६४ रन जोडे । यसक्रममा क्लासेनले ११ चौका प्रहार गरे ।
ओपनर रायन रिकेल्टनले २५ बलमा २७ रनको योगदान दिए । अर्का ओपनर ट्रिस्टन स्टब्स शून्य रनमा आउट भएका थिए ।
इंग्ल्याण्डका लागि दुवै विकेट जोफ्रा आर्चरले लिए । एक विकेट आदिल रासिदको नाममा रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको इनिङ्स १ सय ७९ रनमा समेटिएको थियो । टोली ३८.२ ओभरमा अलआउट हुन पुगेको थियो ।
कराँचीमा भएको खेलमा इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक ३७ रन बनाए । उनले ४४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, जोफ्रा आर्चरले ३१ बलमा २५ रन जोडे । ओपनर बेन डकेटले २१ बलमा २४ रन बनाए । कप्तान जोस बट्लरले ४३ बलमा २१ रन तथा ह्यारी ब्रुकले १९ रन बनाउँदै पभेलियन फर्किए ।
इंग्ल्याण्डलाई सस्तोमा समेट्न मार्को यानसेन र वियान मल्डरले ३–३ विकेट लिए । केशव महारजले २ विकेट तथा लुंगी एनगिडी र कागिसो रबाडाले १–१ विकेट हात पारे ।
समूह चरणको खेलपछि दक्षिण अफ्रिकाको ५ अंक पुगेको छ । टोलीले २ खेल जित्यो भने १ खेलमा वर्षाले प्रभावित बनेको थियो । अस्ट्रेलिया ४ अंकसहित उपविजेता बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण