आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन
काठमाडौँ । नेपाल आर्मी २४ औँ आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा बागमती प्रदेश प्रथम यु–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा भएको प्रतियोगिताको राष्ट्रियमा आर्मीले १३ स्वर्ण, ७ रजत र ५ कांस्य जित्यो । दोस्रो भएको लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत र ३ कांस्य हात पार्यो । ३ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ बागमती प्रदेश तेस्रो स्थानमा रह्यो । पुरुषमा आर्मीका भीमबहादुर तामाङ तथा महिलामा गण्डकी प्रदेशकी सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी घोषित भए ।
यु–१५ मा च्याम्पियन बनेको बागमतीले ५ स्वर्ण, ३ रजत र ७ कांस्य हात पार्यो । ३ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ गण्डकी दोस्रो तथा २ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ एपीएफ तेस्रो बने । यु–१५ को पुरुषमा सुदूरपश्चिम प्रदेशका भुपेश नाथ तथा महिला गण्डकीकी सन्ध्या खत्री उत्कृष्ट चुनिए ।
विजेतालाई राज्य तथा सुशासन व्यवस्थापन समितिका सभापति रामहरि खतिवडा, आयोजक महासंघका अध्यक्ष प्रवीण कार्की, महासचिव घमबहादुर थापा मगरलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण