सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
सर्लाही । मधेस प्रदेश सरकारले शनिबार सर्लाही जिल्लामा २ वटा निजी अस्पतालको अनुगमन गरेको छ । जसमा दुई ओटै अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ।
दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालिले अनुमति नलिई सञ्चालन गर्दै गरेको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।
प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह सहितको टोलीले शनिबार सर्लाहीको हरिवन स्थित अस्पतालहरूको अनुगमन गरेको थियो ।
मापदण्ड पूरा नगरी सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार, आवश्यक औषधि र उपकरणहरूको पर्याप्त व्यवस्था नभएको पाइएको छ ।
प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको छ । यसका साथै, सरकारले निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाउने र यसले स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य राखेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण