बोलिभियामा २ बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटना, ३७ जनाको मृत्यु

काठमाडौँ । दक्षिण बोलिभियाको राजमार्गमा भएको सडक दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । करिब ४० जना घाइते भएका छन् । दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
सन्तुलन गुमाएका कारण एउटा बस डिभाइडर तोडेर अर्को बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा दुई बालबालिका समेत रहेका छन् ।
प्रहरी कमान्डर विल्सन फ्लोरेसले दुर्घटनाको पुष्टि गर्दै एउटा बसका चालकको अवस्था गम्भीर रहेको र अर्को बसका चालकको अवस्था स्थिर रहेको बताए । घाइतेहरू खतरामुक्त छन् । मृतकको शवलाई नियन्त्रणमा लिई आफन्तलाई बुझाइएको छ ।
दुर्घटनाको कारण खोजी भइरहेको छ । पुलिस कमान्डर विल्सन फ्लोरेसले उयुनी र कोलचाबिचको राजमार्गमा दुर्घटना भएको बताए। उयुनीबाट करिब ५ किलोमिटर पर दुर्घटना भएको बस ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो पर्व मध्येको एक प्रसिद्ध ओरो कार्निभल आयोजना भइरहेको ओरुरो सहरतर्फ जाँदै थियो ।
उक्त कार्निवलमा सहभागी हुन गएका मानिसहरू दुर्घटनाको सिकार भएका थिए । यस कार्निवलमा हजारौँ मानिस सहभागी हुन्छन्। प्रहरीले दुवै चालकको मदिरा परीक्षणको रिपोर्ट पर्खिरहेको छ । रिपोर्ट पोजेटिभ आएमा चालकलाई कडा कारबाही गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म
-
दिलभूषणलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने