बोलिभियामा २ बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटना, ३७ जनाको मृत्यु
काठमाडौँ । दक्षिण बोलिभियाको राजमार्गमा भएको सडक दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । करिब ४० जना घाइते भएका छन् । दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
सन्तुलन गुमाएका कारण एउटा बस डिभाइडर तोडेर अर्को बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा दुई बालबालिका समेत रहेका छन् ।
प्रहरी कमान्डर विल्सन फ्लोरेसले दुर्घटनाको पुष्टि गर्दै एउटा बसका चालकको अवस्था गम्भीर रहेको र अर्को बसका चालकको अवस्था स्थिर रहेको बताए । घाइतेहरू खतरामुक्त छन् । मृतकको शवलाई नियन्त्रणमा लिई आफन्तलाई बुझाइएको छ ।
दुर्घटनाको कारण खोजी भइरहेको छ । पुलिस कमान्डर विल्सन फ्लोरेसले उयुनी र कोलचाबिचको राजमार्गमा दुर्घटना भएको बताए। उयुनीबाट करिब ५ किलोमिटर पर दुर्घटना भएको बस ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो पर्व मध्येको एक प्रसिद्ध ओरो कार्निभल आयोजना भइरहेको ओरुरो सहरतर्फ जाँदै थियो ।
उक्त कार्निवलमा सहभागी हुन गएका मानिसहरू दुर्घटनाको सिकार भएका थिए । यस कार्निवलमा हजारौँ मानिस सहभागी हुन्छन्। प्रहरीले दुवै चालकको मदिरा परीक्षणको रिपोर्ट पर्खिरहेको छ । रिपोर्ट पोजेटिभ आएमा चालकलाई कडा कारबाही गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण