‘मैथिली र लिम्बू भाषालाई कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर छ’
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मैथिली र लिम्बू भाषालाई प्रदेश सरकारको कामकाजको भाषा बनाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
सार्वजनिक सेवा प्रसारण सेवा नेपाल, रेडियो नेपालद्वारा आज विराटनगरमा आयोजित ‘नेपालको समावेशी आवाज रेडियो नेपाल, राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारण सवाल र भूमिका’ विषयक कार्यक्रममा मुख्यमन्त्री कार्कीले भाषाको प्रयोगका सम्बन्धमा आवश्यक छलफल, कानुन निर्माण, लिपि खोजबिन, विकास र प्रवर्द्धनतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।
सबै जातजातिका धर्म, संस्कृति, भाषा संरक्षण गरी राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिँदै उनले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन र दुर्व्यसन न्यूनीकरणका लागि रेडियोमा जोड्नुपर्ने सुझाव दिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद्को समयमा सरकारी सञ्चारमाध्यमले समाजलाई सुसूचित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा छरिएर रहेका विभिन्न जातजातिले बोल्ने भाषाको संरक्षणमा रेडियोले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
कार्यक्रम संयोजक ताराप्रसाद वस्ती र तारणीप्रसाद कोइराला स्मृति सञ्चारगृह विराटनगरका निर्देशक पुष्करराज गौतमले सञ्चारगृहले गरेका कार्यबारे जानकारी गराएका थिए । अन्तरक्रियामा प्रदीप भगत, चन्द्र राजवंशी, सूर्यनारायण मुडियारी, उपप्राध्यापक महाप्रसाद खतिवडाले रेडियो नेपालले विभिन्न भाषामा प्रसारण गर्ने समाचारका सम्बन्धमा जिज्ञासा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण