छावाले तोड्यो जवानसहित यी १० फिल्मको रेकर्ड
नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री रश्मिका मन्डानाको फिल्म ‘छावा’ले बक्स अफिसमा एकपछि अर्काे रेकर्ड तोड्दै गएको छ । रिलिज भएको तेस्रो आइतबार फिल्मले शाहरुख खानको ‘जवान’ र ‘पठान’ सहित दश फिल्मको रेकर्ड तोड्यो । लक्ष्मण उतेकरको फिल्म ‘छावा’ ले रिलिजको तेस्रो दिनमा शानदार बढोत्तरीको साथमा २५ करोड भारु कमायो ।
फिल्मले ओपनिङ डेमा ३१ करोड भारु कमाई गरेको थियो । पहिलो आइतबार फिल्मको कमाई ४८ करोड ५० लाख भारु रह्यो । फिल्मले दोस्रो आइतबार ४० करोड भारु कमायो । फिल्मको कुल कमाईको कुरा गर्दा यसले अहिलेसम्म कुल ४५९ करोड ५० लाख भारुको व्यापार गरिसकेको छ ।
तेस्रो आइतबार ‘छवा’ ले सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड तोडेको छ । विक्की कौशलको यो फिल्मभन्दा पहिले तेस्रो आइतबार स्त्री २ ले २२ करोड, बाहुबली २ ले १७ करोड ७५ लाख, गदर २ले १६ करोड १० लाख भारु, जवानले १३ करोड ९० लाख कमाएर रकर्ड राखेको थियो ।
त्यस्तैगरी आमिर खानको दंगलले तेस्रो आइतबार १३ करोड ६८ लाख, रणवीर कपूरको एनिमलले १३ करोड ५० लाख शाहरुख खानको पठानले १२ करोड ६ लाख, अजय देवगनको तानाजीले १२ करोड ५ लाख भारु र आमिर खानको पीकेले ११ करोड ५० लाख भारु कमाएको थियो । छावाले २५ करोड रुपैयाँ कमाएर यी सबै रेकर्ड तोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण