यथास्थितिमा अध्यादेश पारित हुँदैन: मीन विश्वकर्मा
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था नरहेको जिकिर गरेका छन् ।
सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससँग छलफल गरेपनि संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि आउँदा पारित नहुने अवस्था सिर्जना भएको उल्लेख गरे ।
उनले भने, ‘अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल त गर्नुभएको थियो, तर अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन, यथास्थितिमा हुबहु पारित हुने अवस्था छैन । ’
उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढंगले भएको बताउँदै यदि हुबहु पारित नभए प्रतिस्थापन विधेयक मार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने तर्क गरे ।
अर्को प्रसङ्गमा उनले पछिल्लो समय नेपाली कांग्रेस पार्टी चलायमान बन्दै गइरहेको बताए । उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा भइरहेको जानकारी पनि गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण