पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका-५ कमदी घर भई काठमाडौँ महानगरपालिका-१४ बस्ने ५२ वर्षीय पशुपति खत्री रहेका छन् ।
पक्राउ मध्ये भूमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले १ जना पीडितबाट २ लाख २३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतिलाई काठमाडौँ सतुंगलबाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण
-
रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौँमा
-
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
-
‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो
-
उपप्रधानमन्त्री सिंहद्वारा धोबीखोला अनुगमन