‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने
काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुन’ आगामी हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने भएको छ । निर्माण युनिटले चलचित्रको एक ब्यानर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएको हो ।
चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिका रहनेछ । आमा र छोराबिचको इमोस्नल कथा यो चलचित्रमा छ । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनले यसैबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन् ।
पेपर क्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।
चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन् । यो वर्षको अन्त्यसम्ममा चलचित्र छायाङ्कनमा जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण