युक्रेनको जस्तो हविगतबाट बच्न पुटिनको नभइ अमेरिकाको आप्रवासनमा ध्यान दिनुहोस् : राष्ट्रपति ट्रम्प

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि फेरि कटाक्ष गरेका छन् । सोमबार आफ्ना विपक्षीहरूलाई जवाफ दिँदै उनले युक्रेनको जस्तो हविगत हुनबाट बच्ने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा अमेरिकाको आप्रवासन समस्यामा ध्यान केन्द्रित गर्न भनेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टु«थ सोसलमा लेखेका छन्, ‘हामीले पुटिनको बारेमा कम र आप्रवासी दष्कर्म गिरोह, लागुपदार्थ माफिया, हत्यारा र मानसिक संस्थानबाट आएका मानिसहरूबारे बढी चिन्ता गर्नुपर्छ, ताकि हाम्रो अवस्था युरोप जस्तो नहोस् ।’
ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको महत्त्वपूर्ण भेटघाट असफल भएपछि अमेरिकी राष्ट्रपतिको यो बयान आएको हो । सो बैठक अमेरिका र युक्रेनबिचको खनिज स्रोतसँग सम्बन्धित सम्झौताबारे थियो । तर ओभल अफिसमा ट्रम्पसँग झगडा भएपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युरोपबाट समर्थन जुटाउन सिधैं लन्डन रवाना भएका थिए ।
बैठकमा यूरोपेली देशहरूले एकअर्कासँग मिलेर रुस–युक्रेन युद्ध रोक्न योजना बनाएको र पछि यसलाई ट्रम्पसमक्ष पेस गरिने लन्डनमा भएको शिखर सम्मेलनको क्रममा बेलायती प्रधानमन्त्री किर स्टार्मरले बताए ।
यसैबिच, जेलेन्स्कीले युरोपको एकताको प्रशंसा गरेका छन् । ‘लन्डन सम्मेलन युक्रेन र हाम्रो साझा युरोपेली भविष्यको लागि थियो । हामीलाई युरोपबाट बलियो समर्थन मिलिरहेको छ– हाम्रा सेना र नागरिक दुवैका लागि,’ एक्समा जेलेन्स्कीले लेखेका थिए । युरोपको यो एकता लामो समयपछि देखिएको सुरक्षा सम्झौता र न्यायपूर्ण शान्तिका लागि अमेरिकासँग वार्ता भइरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार