युक्रेनको जस्तो हविगतबाट बच्न पुटिनको नभइ अमेरिकाको आप्रवासनमा ध्यान दिनुहोस् : राष्ट्रपति ट्रम्प
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि फेरि कटाक्ष गरेका छन् । सोमबार आफ्ना विपक्षीहरूलाई जवाफ दिँदै उनले युक्रेनको जस्तो हविगत हुनबाट बच्ने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा अमेरिकाको आप्रवासन समस्यामा ध्यान केन्द्रित गर्न भनेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टु«थ सोसलमा लेखेका छन्, ‘हामीले पुटिनको बारेमा कम र आप्रवासी दष्कर्म गिरोह, लागुपदार्थ माफिया, हत्यारा र मानसिक संस्थानबाट आएका मानिसहरूबारे बढी चिन्ता गर्नुपर्छ, ताकि हाम्रो अवस्था युरोप जस्तो नहोस् ।’
ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको महत्त्वपूर्ण भेटघाट असफल भएपछि अमेरिकी राष्ट्रपतिको यो बयान आएको हो । सो बैठक अमेरिका र युक्रेनबिचको खनिज स्रोतसँग सम्बन्धित सम्झौताबारे थियो । तर ओभल अफिसमा ट्रम्पसँग झगडा भएपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युरोपबाट समर्थन जुटाउन सिधैं लन्डन रवाना भएका थिए ।
बैठकमा यूरोपेली देशहरूले एकअर्कासँग मिलेर रुस–युक्रेन युद्ध रोक्न योजना बनाएको र पछि यसलाई ट्रम्पसमक्ष पेस गरिने लन्डनमा भएको शिखर सम्मेलनको क्रममा बेलायती प्रधानमन्त्री किर स्टार्मरले बताए ।
यसैबिच, जेलेन्स्कीले युरोपको एकताको प्रशंसा गरेका छन् । ‘लन्डन सम्मेलन युक्रेन र हाम्रो साझा युरोपेली भविष्यको लागि थियो । हामीलाई युरोपबाट बलियो समर्थन मिलिरहेको छ– हाम्रा सेना र नागरिक दुवैका लागि,’ एक्समा जेलेन्स्कीले लेखेका थिए । युरोपको यो एकता लामो समयपछि देखिएको सुरक्षा सम्झौता र न्यायपूर्ण शान्तिका लागि अमेरिकासँग वार्ता भइरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण