ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको उत्साह
वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ सालयता स्ववियु निर्वाचन हुनसकेको छैन । जसकारणले यस वर्ष यहाँ हुने स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साहजनक उपस्थिति हुने छनक देखिएको छ । स्ववियु निर्वाचन अधिकृत दिलीप सिंहले निर्धारित समयभित्र ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेको जानकारी दिए ।
नेपाल विद्यार्थी सङ्घ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाकुरराममा स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको नेतृत्व विकासमा असर पार्दै आइरहेको बताए ।
त्यसैगरी, वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा पनि चार विद्यार्थी सङ्गठनले दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने कार्यक्रम थियो ।
स्ववियु निर्वाचन अन्तर्गत चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण