रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?
वासिङ्टन डीसी । अमेरिकाले रुस र युक्रेनबिच जारी युद्धलाई कुनै पनि हालतमा अन्त्य गर्ने योजना बनाएको छ । यही कारणले गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस विरुद्धको प्रतिबन्ध खुकुलो पार्ने विचार गरिरहेका छन् ।
ट्रम्पले मस्कोसँगको सम्बन्धलाई फेरि बलियो बनाउन यसो गर्न सक्छन् । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार एक अधिकारीले यससँग सम्बन्धित जानकारी दिएका छन् ।
स्रोतहरूका अनुसार ह्वाइट हाउसले अर्थ मन्त्रालय र विदेश मन्त्रालयलाई आगामी दिनहरूमा रुसी प्रतिनिधिहरूसँग छलफलका लागि खुकुलो बनाउन सकिने प्रतिबन्धहरूको सूची तयार गर्न भनेको छ ।
सम्बन्धित विभागले प्रतिबन्ध फुकाउने सकिने कम्पनी र व्यक्तिहरूको सूची तयार पारिरहेको छ । प्रतिबन्ध खुकुलो बनाएबापत अमेरिकाले रुससँग के चाहिरहेको छ भन्ने चाहिँ तत्कालै स्पष्ट हुन सकेको छैन ।
यस विषयमा ह्वाइट हाउस, विदेश मन्त्रालय, अर्थ मन्त्रालय र वासिङ्टनमा रहेको रुसी दूतावासले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । जो बाइडेनको प्रशासनमा अमेरिकासँग आफ्नो सम्बन्ध शून्यबाट तल झरेको गत वर्ष रुसले भनेको थियो ।
रुस–युक्रेन युद्ध अन्त्य गर्ने कसमसहित ह्वाइट हाउसमा फर्किएका ट्रम्पले मस्कोसँग वार्ता सुचारु गर्नुका साथै रुसमाथि गरिएका कडिकडाउ बिस्तारै खुकुलो पारिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण