थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मत कार्य सुरु गरिएको छ । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन मर्मत कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।
उनले भने, ‘आज बिहान थापाथलीमा मेलम्चीको फुटेको पाइप मर्मतका लागि हाम्रो टोली खटिएको छ । आज मर्मत कार्य सकेर आजै पानी वितरण सुचारु गर्ने तयारीमा छौँ ।’
यता खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिएका छन् ।
‘के कारणले पाइप फुटेको हो । त्यसको यकिन कारण पत्ता लगाउन छानबिन गरी अब उपरान्त यस्ता घटना दोहरिन नदिनुहोला,’ मन्त्री यादवले भने ।
बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडक समेत अवरुद्ध भएको थियो । थापाथली चोकबाट निर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलहरूमा पसेको थियो ।
यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण