कहाँ पुग्यो रेशम चौधरी र सीके राउतको मिलन ?
काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी एकीकरणको तयारी अन्तिम चरणमा पुगेको छ ।
सम्भवतः २०८१ को अन्तिमसम्म दुईबिच एकता घोषणा हुनेछ । नागरिक उन्मुक्ति पार्टीका एक नेताले भने, ‘बिचमा कुनै राजनीतिक दुर्घटना भएन भने २०८१ भित्र दुई पार्टी बिचको एकता घोषणा हुन्छ ।’ यसका लागि जनमत पार्टीका अध्यक्ष राउत र उन्मुक्ति पार्टीका संरक्षक चौधारीबिच निरन्तर संवाद भइरहेको छ ।
दुई पार्टीबिच एकीकरण गर्ने भनी सैद्धान्तिक सहमति भइसकेको छ । पार्टीको नाम, झन्डा र नेतृत्वलगायत विषयमा पनि छलफल भइरहेको छ ।
यद्यपि एकीकरणको विषयमा उन्मुक्ति पार्टीका संरक्षक चौधरीले केही बताउन चाहेनन् । उनले भने, ‘अहिले भन्न लायक केही भएको छैन, हेरौँ के हुन्छ ।’
जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले पनि छलफलबाहेक अरू केही नभएको प्रतिक्रिया दिए । ‘केही डेभलप भयो भने मिडियालाई जानकारी आउँछ,’ उनले भने, ‘कुराकानी चलिरहेको छ, सकारात्मक रेसपोन्स छ, तर अहिले नै यही हुन्छ भनी भन्न सकिन्न ।’
फागुन २५ गतेदेखि जनमत पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । सो बैठकले पनि एकीकरणबारे छलफल गर्ने बताइएको छ । यो केन्द्रीय समितिको बैठकअघि दुई जना केही निष्कर्षमा पुग्नेछन् ।
प्रतिनिधिसभामा जनमतका ६ सांसद छन् भने उन्मुक्तिका चार । पार्टी एकता भए यो सबैभन्दा ठुलो मधेशवादी दल हुनेछ । प्रतिनिधिसभामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पनि १० सांसद छन् ।
अहिले दुवै दलले वर्तमान सरकारलाई समर्थन गरेका छन् । उन्मुक्ति प्रदेशदेखि केन्द्रसम्म सरकारमा सहभागी छ भने जनमतले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ ।
मधेस प्रदेशमा जनमतका १३ प्रदेशसभा सांसद छन् भने उन्मुक्तिका एक जना छन् । लुम्बिनी प्रदेशमा उन्मुक्तिका चार प्रदेशसभा सांसद छन् भने जनमतका पनि तीन जना सांसद छन् । सुदूरपश्चिम प्रदेशमा उन्मुक्तिका सात जना सांसद छन् ।
कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा दुवै पार्टीका एक जना पनि सांसद छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण