भारतसँग हारेलगत्तै अस्ट्रेलियन कप्तान स्मिथको सन्न्यास
काठमाडौँ । आफ्नो टोली आईसीसी च्याम्पियन्स ट्रफीको नवौं संस्करणमा उपाधि होडबाट बाहिरिए लगत्तै अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । अस्ट्रेलियन टोली च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेलमा भारतसँग चार विकेटले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो । ३५ वर्षीय स्मिथले हारलगत्तै एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका हुन् ।
एकदिवसीय क्रिकेटमा स्मिथको प्रदर्शन लोभलाग्दो छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै कीर्तिमान अहिले पनि स्मिथको नामसँग जोडिएको छ । कप्तानको भूमिकामा पनि उनले आफूलाई अब्बल सावित गरेका छन् ।
उनले अप्रत्यासित रुपमा सन्न्यास घोषणा गरेर धेरैलाई आश्चर्यमा पारेका हुन् । ‘एकदिवसीय क्रिकेटबाट विदा लिने निर्णय गरेको छु । मेरो विचारमा सन्न्यासका लागि यो उपयुक्त अवसर पनि हो । मेरो खेलजीवनमा साथ र सहयोग पुर्याउनु हुने सबैप्रति आभारी छु,’ उनले भनेका छन् ।अप्रत्यासित रुपमा सन्न्यास लिनुको ठोस कारण भने उनले बताएका छैनन् । युवा खेलाडीलाई टोलीमा अवसर दिन आफूले सन्न्यास लिएको उनको दाबी छ ।
‘मेरो सन्न्यासपछि अब युवा खेलाडीले टोलीसँग जोडिएर सन् २०२७ को विश्वकपको तयारी गर्ने पर्याप्त अवसर पाउने छन्,’ उनले भनेका छन् । आफ्नो अन्तिम एकदिवसीय खेलमा उनले भारतविरुद्ध ७३ रन बनाए । यस क्रममा उनले ९६ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । प्रभावशाली ब्याटिङ अलराउन्डर स्मिथले अस्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजारभन्दा बढी रन बनाएका छन् ।
उनले एक सय १६ टेस्टको दुई सय ६ पालीमा कुल १० हजार दुई सय ७१ रन बनाएका छन् । टेस्टमा उनले ३६ शतक र ४१ अर्धशतक बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर भने दुई सय ३९ रन हो । यसैगरी, उनले एक सय ७० एकदिवसीय अन्तर्राष्ट्रियको एक सय ५४ पालीमा कुल पाँच हजार आठ सय रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले १२ शतक र ३५ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर भने एक सय ६४ रन हो ।
यसैगरी, उनले ६७ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ५५ पालीमा कुल एक हजार ९४ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा पनि उनले पाँचवटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर भने ९० रन हो । यसका अतिरिक्त, उनले टेस्टमा १९, एकदिवसीय अन्तर्राष्ट्रियमा २८ र टी–२० अन्तर्राष्ट्रियमा १७ विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण