पछिल्लो ६ वर्षमा अमेरिकाबाट २६२ जना नेपाली डिपोर्ट
काठमाडौँ । अमेरिकाबाट पछिल्लो ६ वर्षमा २ सय ६२ जना नेपाली डिपोर्ट भएका छन् । प्रहरीको मानव बेचबिखन ब्युरोको तथ्याङ्कअनुसार २०७५ भन्दा पछि २६२ जना डिपोर्ट (निष्कासन) भएर नेपाल आएका हुन् ।
अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली बुधवार काठमाडौँ आएका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । एक जना महिला व्यावसायिक उडान मार्फत काठमाडौँ आएकी छन् ।
डिपोर्ट भएकाहरूलाई छाड्न ४ जना अमेरिकन प्रहरी काठमाडौँ आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू बताउँछन् ।
नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।
काठमाडौँबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पठाउन कम्तीमा ५० जना सक्रिय रहेको मानव बेचबिखन ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्– ‘उनीहरूबारे अनुसन्धान गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण