अपडेट
सरकारी गाडीले ट्राफिकको चेकप्वाइन्ट छल्न खोजेपछि कोटेश्वरमा दुर्घटना
बिहीबार, २२ फागुन २०८१, २२ : ४७
१
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको गाडीले कोटेश्वर स्थित मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना भएको छ । बा.२ झ २३७८ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर चोकमा एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।
चेकप्वाइन्ट छलेर भागेका चालकलाई प्रहरीले पछ्याएर पक्राउ गरेको छ । गाडी चालक सुवास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । नियन्त्रणमा लिने क्रममा प्रहरीको मोटरसाइकलमा पनि क्षति पुगेको छ ।
सो गाडी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपनिर्देशक रणबहादुर थापा चढ्ने गरेको चालकले बताएका छन् । गाडीमा थापा थिएनन् । चालकलाई नरेफाँट स्थित मनोहरा खोला पुल नजिकैबाट पक्राउ गरेर प्रहरीले स्वास्थ्य परिक्षण गराएको छ । उनले अत्यधिक मादक पदार्थ सेवन गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण