बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
अपडेट

सरकारी गाडीले ट्राफिकको चेकप्वाइन्ट छल्न खोजेपछि कोटेश्वरमा दुर्घटना

बिहीबार, २२ फागुन २०८१, २२ : ४७
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको गाडीले कोटेश्वर स्थित मापसे चेक प्वाइन्ट छलेर भागेपछि दुर्घटना भएको छ ।  बा.२ झ २३७८ नम्बरको गाडीको ठक्करबाट कोटेश्वर चोकमा एउटा मोटरसाइकलमा क्षति पुगेको छ ।

चेकप्वाइन्ट छलेर भागेका चालकलाई प्रहरीले पछ्याएर पक्राउ गरेको छ । गाडी चालक सुवास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । नियन्त्रणमा लिने क्रममा प्रहरीको मोटरसाइकलमा पनि क्षति पुगेको छ । 

सो गाडी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपनिर्देशक रणबहादुर थापा चढ्ने गरेको चालकले बताएका छन् । गाडीमा थापा थिएनन् । चालकलाई नरेफाँट स्थित मनोहरा खोला पुल नजिकैबाट पक्राउ गरेर प्रहरीले स्वास्थ्य परिक्षण गराएको छ । उनले अत्यधिक मादक पदार्थ सेवन गरेको पाइएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप