अदालत
पूर्वमन्त्री दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट
शुक्रबार, २३ फागुन २०८१, १७ : ३०
१

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत सजाय छुट भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत छुट दिएको हो ।
उनले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा पाऊँ भनी निवेदन दिएका थिए । मनाङे कातिकमा राजधानीको सानोभर्याङबाट पक्राउ परेका थिए ।
मनाङले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) अन्तर्गत २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए। उक्त व्यवस्थाअनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गरेमा २० प्रतिशत कैद तथा जरिवाना छुटको प्रावधान रहेको छ।
सजाय छुटपश्चात अब मनाङेले १ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ