धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासबिरुद्ध एकढिक्का भएर उभिन जरुरी छ : अध्यक्ष अन्सारी
काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले असामाजिक र अराजक तत्वहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरिरहेको भन्दै त्यसका विरुद्ध सबै एकढिक्का भएर उभिन जरुरी रहेको बताएका छन् ।
इस्लाम धर्मावलम्वीहरुले मनाउने रमजान पर्वको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन् । उनले नेपालमा बसिरहेका सबै जातजाति साझा फूलवारी भएको उल्लेख गर्दै कसैले कसैले दुष्प्रयास गर्दैमा मिलेर बसेको समुदाय नखल्बलिने समेत बताए । उनले नेपालमा रहेका सम्पूर्ण धर्मावलम्वीहरु र जातजातिहरुले मिलेर बसेको सन्देश विश्व समुदायलाई दिन जरुरी रहेको बताए ।
उनले भने, ‘सबै जातजाति बसिरहेको साझा फुलवारी देश नेपाल हो । केही व्यक्तिहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने काम गरेको सुनिन्छ । तर यसको विरुद्धमा नेपालको सबै समुदाय एकढिक्का छौँ । कुनै तत्वले प्रयास गरेकै आधारमा मिलेर बसिरहेको समुदाय खल्बलिने छैन । विश्वभरी नै नेपालको एउटा अलग पहिचान छ । विभिन्न जातजाति बसिरहेको देश नेपाल हो । सबैले आ-आफ्नो तर्फबाट मिलेर बसेको सन्देश कायम गर्नुपर्छ ।’
इस्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्न समेत उनले मुस्लिम समुदायलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण