ओटीटीमा डेब्यू गर्दै छिन् सुनिता अहुजा ?
नयाँ दिल्ली । गोविन्दाकी श्रीमती सुनिता आहुजा छिटै नै ओटीटी दुनियाँमा प्रवेश गर्न सक्छिन् । मिडिया रिपोर्टका अनुसार सुनिता करण जोहरको रियालिटी शो ‘फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स’को आगामी सिजनमा देखिन सक्छिन् । तर यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
फ्री प्रेस जर्नलका अनुसार, सुनिता आहुजाको बढ्दो लोकप्रियताका कारण उनलाई ‘द फेबुलस हाउसवाइभ्स’को आगामी सिजनको हिस्सा बनाइएको इन्डस्ट्री स्रोतले बताएका छन् । पछिल्लो समय दर्शकहरूले सुनितालाई निकै मन पराइरहेको अनि उनका फलोअर्स दिनप्रतिदिन बढ्दै गएकाले यो सोमा सहभागी हुने प्रस्ताव गरिएको बताइएको छ ।
सम्बन्ध विच्छेदको खबरले थिइन् चर्चामा
केही दिन अघि मात्रै गोविन्दा र सुनिताले सम्बन्ध विच्छेद गर्न लागेको खबर आएको थियो । मिडिया रिपोर्टका अनुसार गोविन्दाको ३० वर्षीया मराठी अभिनेत्रीसँग अफेयर चलिरहेको र यही कारण सुनिताले गोविन्दासँगको ३७ वर्ष देखिको वैवाहिक सम्बन्ध अन्त्य गर्न खोजेकी थिइन् ।
६ महिना अघि नै सुनिताले सम्बन्ध विच्छेदको लागि याचिका दायर गरेको गोविन्दा र सुनिताको एक वकिलले भनेका थिए ।
तर दुवैबिचको मतभेद सुल्झिसकेकोले अब सम्बन्ध विच्छेद नहुने पनि उनले बताए । सुनिताले केही समयअघि हिन्दी रशलाई दिएको एक अन्तरवार्तामा आफू र गोविन्दा विगत १२ वर्षदेखि छुट्टाछुट्टै बस्दै आएको बताएकी थिइन् ।
अर्काे अन्तरवार्तामा सुनिताले आफ्नो जन्मदिन एक्लै रक्सी पिएर मनाउँछु भनेकी थिइन् । उनका यी भनाइहरू भाइरल भए र सम्बन्ध विच्छेदको खबर हेडलाइन बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण