सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
आइतबार, २५ फागुन २०८१, १२ : ५०
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- सिराहा, अर्नामा गाउँपालिका-३ पछवारी टोलस्थित सडकमा अर्नामा बजारबाट अर्नामा गाउँतर्फ जाँदै गरेको स.१ द ८५ नम्बरको ट्याक्टरको ठककरबाट साइकलयात्री सोही ठाउँ बस्ने राम सेवक महतोको छोरा १३ वर्षीय सतिस कुमार महतोको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- कैलाली, धनगढी उपमहानगरपालिका-१४ स्याउले बजारस्थित सडकमा से.२ प ३५९० नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा से.२ प ३५९० नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका-६ बस्ने ४० वर्षीय रूपलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सु.प.प्र.०१-००१ प १४१९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको नोभा अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
- यसैगरी कैलाली, चुरे गाउँपालिका-५ निङलाडीस्थित सडकमा दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १५२२ नम्बरको जिप अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक डोटी सायल गाउँपालिका-४ घर भएका २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ३ जनालाई उपचारको लागी मायामेट्रो अस्पताल धनगढी पठाइएको छ ।
- तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित सडकमा पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग.१३ प ५०६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बेलचौतारा बस्ने ५२ वर्षीय बालकृष्ण पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला श्ववास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।
- रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ बेलवास शिवालय मन्दिर अगाडि सडकमा ग.१ ज ७८०५ नम्बरको फोर्स गाडीको ठक्करबाट सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीया प्रबिना क्षेत्रीको मृत्यु भएको छ । गाडीले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बुटवल हस्पिटल प्रालिमा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण