रातो कार्ड पाएपछि एट्लेटिको मड्रिडलाई धक्का, गुमायो शीर्ष स्थान उक्लिने अवसर
काठमाडौँ । स्पेनिस ला लिगामा आइतबार राति एट्लेटिको मड्रिडले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। गेटाफेको घरेलु मैदानमा खेलको उत्तरार्द्धतिर रातो कार्ड पाएको एट्लेटिको गेटाफेसँग २-१ गोलअन्तरले पराजित भएको हो।
नर्वेजियन स्ट्राइकर अलेक्जेन्डर सोलार्थले ७५ औं मिनेटमा पेलान्टीमार्फत एट्लेटिकोका लागि गोल गरे पनि ८८ औं मिनेटमा एन्जेल कोरेरालाई रेफ्रीले भीआर चेक गरेपछि रातो कार्ड दिएका थिए ।
१० खेलाडीमा समेटिएको एट्लेटिकोले रातो कार्ड खाएकै मिनेटमै गोल बेहोर्न बाध्य भयो। मौरो आरम्बारीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि थपिएको अतिरिक्त समयको दोस्रो मिनेटमा उनै आरम्बारीले दोस्रो गोल गर्दै गेटाफेलाई जित दिलाए ।
आज जित निकाल्न सकेको भए एट्लेटिको ५९ अंकसहित शीर्ष स्थानमा रहने थियो। हारपछि एट्लेटिको २७ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमै खुम्चिन बाध्य भएको छ। एक खेल कम खेलेको बार्सिलोनाको भने ५७ अंक छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण