बाजुरामा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, १२ वर्षीय छोरा घाइते
सोमबार, २६ फागुन २०८१, ०७ : ४३
धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ स्थित चिराल्नामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने उनका १२ वर्षीय छोरा घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार राति ११ बजे बुढिगंगातर्फ जाँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर कच्ची सडकमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा बुढिगंगा नगरपालिका–४ खोलालवाडाका ३२ वर्षीय ट्याक्टर चालक पदम रावतको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टरको ट्रालीमुनि च्यापिएर उनको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सवारीमा सवार मृतक रावतका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। ट्याक्टरमा रहेका अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण