सवारी दुर्घटनामा चार जनाको मृत्यु
सोमबार, २६ फागुन २०८१, १३ : २२

काठमाडौँ । रुपन्देहीसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
- रूपन्देही, सियारी गाउँपालिका-६ सर्जुगंजस्थित सडकमा सर्जुगंजदेखि अमुवातर्फ जाँदै गरेको लु.६३ प ६०४६ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक सियारी गाउँपालिका-६ सर्जुगंज बस्ने ५० वर्षीय दुर्गा बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
- रूपन्देही, रोहिणी गाउँपालिका-३ परासीझुंगास्थित सडकमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु.९२ प ८२४७ नम्बरको मोटरसाइकल आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सियारी गाउँपालिका-४ छपिया बस्ने ५० वर्षीय रामअधारे रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- उदयपुर, त्रियुगा नगरपालिका-८ राजावासस्थित सडकमा गाईघाटबाट मुर्कुचीतर्फ जाँदै गरेको प्र.१-०५-००१ प ८३५९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ बस्ने ६५ वर्षीया टिका माया कार्कीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बाजुरा, खप्तड छेडेदह गाउँपालिका-५ चिराल्नास्थित सडकमा डोगडीबाट बुढीगंगातर्फ आउँदै गरेको भे.२ त १५८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक बुढीगंगा नगरपालिका-४ खोलालवाडा बस्ने अन्दाजी ३३ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
ट्रान्सफर्मर चोरी भएपछि सयौँ परिवार खानेपानीबाट वञ्चित
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान