जिल्ला प्रशासन कार्यालय अगाडि शिक्षकद्वारा आत्मदाहको प्रयास

वीरगन्ज । मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै पर्सामा एक जना पीडितले आत्मदाहको प्रयास गरेका छन् ।
आफूले प्रहरीबाट न्याय नपाएको भन्दै पेसाले शिक्षक ती व्यक्तिले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।
प्रशासन कार्यालय अगाडि ती शिक्षकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले पुष्टि गरे । बाराको पचरौता नगरपलिका वडा नम्बर–४ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–२४ बस्दै आएका छन् ।
अर्यालले पीडितले आफूले प्रहरीबाट न्याय नपाएको भन्दै एक पन्ने पत्र लेखेको पाइएको छ । ‘आत्मदाह गर्न खोज्दै थिए, त्यहीबेला सुरक्षाकर्मीहरूको सहयोगमा उनलाई बचाउन सफल भयौँ । त्यसलगत्तै आफ्नै गाडीमा राखेर उनलाई अस्पताल पुर्याइएको छ,’ सिडिओ अर्यालले भने ।
उनका अनुसार ती शिक्षकलाई वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर