नेपाली चेस टोली श्रीलंका प्रस्थान
काठमाडौँ । वर्ल्ड चेस फेडरेशन (फीडे) र एसियन चेस फेडेरेशन (एसीएफ) को तत्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिप–२०२५ मा सहभागिता जनाउन नेपाली चेस टोली श्रीलंका प्रस्थान गरेको छ ।
प्रतियोगितामा आयोजक राष्ट्र श्रीलंकासहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडीबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता कोलम्बोस्थित फ्याकल्टि अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा मार्च ११ देखि १८ तारिखसम्म सञ्चालन हुनेछ ।
नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनको हैसियतमा २५औँ नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र १०औँ महिला नेपाल च्याम्पियन सिन्दिरा जोशीलाई हवाई टिकट तथा अन्य सम्पूर्ण खर्चसहित प्रतियोगितामा सहभागी गराएको हो । नेपाल द्वितीय पुरुषोत्तम सिलवाल भने दर्ता शुल्कबाहेक अन्य आफ्नै खर्चमा प्रतियोगितामा सहभागी हुने महासंघले जनाएको छ ।
प्रतियोगितामा बंगलादेशका २४३१ रेटेड आईएम रहमान मोहम्मद, रेजा नीर, २४०२ रेटेड श्रीलंकन आईएम रानीन्दु दिलसान, २३५१ रेटेड आईएम थिलकरत्ने, पाकिस्तानका २१३१ रेटेड खालिद मफाज, माल्दिभ्सका २१०७ रेटेड पेसन्दु रस्मित, भुटानका १६१२ रेटेड सिद्धार्थ भण्डारीसहित ३६ जना खेलाडीसँग नेपाली दुई शीर्ष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
महिला विधातर्फ १७४३ रेटेड सिन्दिरा जोशीले श्रीलंकन २१२१ रेटेड डब्लू आईएम डेभिन्ड्या ओसिनी, २०९७ रेटेड बंगलादेशी डब्लूएफएम वाहिदा अहमद, पाकिस्तानकी १७११ रेटेड डब्लूएफएम जेनोविया वासिफ, माल्दिभ्सकी १६२१ डब्लूसीएम निहाया अहमद, भुटानकी १४५७ रेटेट येसे ल्हादेनसहित २१ जनासँग प्रतिस्पर्धा गर्नेछिन् ।
नौ चरणको स्टान्डर्ड क्लासिकल खेलको पहिलो ४० चालका लागि ९० मिनेटको समय निर्धारण गरेको छ भने ३० मिनेट ३० सेकेण्ड इन्क्रिजमेन्ट हुने जानकारी प्रवक्ता राजु ताम्राकारले दिए । फीडेको अफिसियल बुद्धिचाल प्रतियोगितामा शीर्ष ६ पुरुष र ६ महिला खेलाडीले ६ हजार एक सय ५० अमरिकी डलर बराबरको पुरस्कार बाड्नेछन् ।
पुरुषतर्फ शीर्ष खेलाडीहरुले क्रमशः एक हजार पाँच सय, एक हजार, पाँच सय, तीन सय, दुई सय र एक सय ५० डलर प्राप्त गर्नेछन् । महिलातर्फका शीर्ष खेलाडीहरुले क्रमशः एक हजार, ६ सय, चार सय, दुई सय ५० र एक सय डलर पुरस्कार पाउने छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेल टोलीलाई विदाइ गरे । विदाइ कार्यक्रममा सदस्यसचिव घिसिङसँगै महासंघका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरमबहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, सदस्य प्रतिमा महत, शुशिला गुरुङ, फिडे आर्विटर सोराज ताम्राकारलगायतले खेलाडीलाई सफलताको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण