४५ सेकेण्डको विज्ञापनका लागि अल्लु अर्जुनलाई कसले दियो ३०० करोड ?
नयाँ दिल्ली । भारतीय फिल्म उद्योगमा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको क्रेज बढ्दै गएको छ । खास गरी पुष्पा र पुष्पा–२ को अपार सफलतापछि उत्तर भारतमा अल्लु अर्जुनको फ्यान फलोइङ र लोकप्रियता द्रुत गतिमा बढ्दै गएको छ ।
यही कारणले गर्दा होला अल्लु हिन्दी विज्ञापनहरूमा पनि देखिन थालेका छन् । यसअघि पेप्सी र थम्स अप जस्ता प्रसिद्ध ब्रान्डका विज्ञापनहरूमा बलिउड स्टार र क्रिकेटरहरूको प्रभुत्व हुन्थ्यो ।
तर यस मामिलामा पनि अल्लु अर्जुन एक्लै क्रिकेट र बलिउड सुपरस्टारहरूमाथि भारी भइरहेका छन् । अल्लु अर्जुन गत वर्ष मात्रै थम्स अपको नयाँ ब्रान्ड एम्बेसडर बनेका थिए । मिडिया रिपोर्टका अनुसार, यो विज्ञापन सम्झौता पछि अल्लु अर्जुन एसियामा सबैभन्दा धेरै पारिश्रमिक लिने ब्रान्ड प्रमोशन एम्बेसडर बनेको बताइएको छ । अल्लु अर्जुनको नयाँ थम्ब्स अप विज्ञापन आजभोलि टिभीमा आइरहेको छ ।
४५ सेकेन्डको यस विज्ञापनमा अल्लु अर्जुनको एक्सन शैली फिल्ममा जस्तै देखिएको छ । अल्लु अर्जुनले थम्स अपको विज्ञापनका लागि ३०० करोड रुपैयाँको सम्झौतामा हस्ताक्षर गरेको मिडिया रिपोर्टहरूमा भनिएको थियो । तर अहिलेसम्म पनि यो कुरा स्पष्ट भएको छैन । अल्लु अर्जुनभन्ला अगाडि सलमान खान, शाहरुख खान, अक्षय कुमार, रणवीर सिंह, महेश बाबु र विजय देवरकोंडा जस्ता कयौँ स्टारहरूले थम्स अपको विज्ञापन खेलेका थिए । बढ्दो लोकप्रियताका बिचमा अल्लु अर्जुनसँगको पछिल्लो साझेदारीले ब्रान्डको लोकप्रियतालाई अझ बढाउने आशा कम्पनीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण