युक्रेन युद्ध रोकिने आशा छ : मार्क रुबियो
वासिङ्टन डीसी । युक्रेनमा जारी युद्ध रोकिने आशा अमेरिकाले व्यक्त गरेको छ । साउदी अरबमा अमेरिका र युक्रेनी अधिकारीहरूबिचको वार्ता अघि अमेरिकाका शीर्ष कूटनीतिज्ञले यस्तो आशा व्यक्त गरेका हुन् । ‘मैले भनिरहेको छैन कि एक्लै हुनु काफी छ, तर युद्ध अन्त्य गर्न तपाईँलाई यस्ता खालका छुटहरू चाहिन्छ,’ अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले सोमबार भने ।
एक युक्रेनी अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार मंगलबार हुने वार्तामा युक्रेनले रुससँग हवाई र नौसेना युद्धविरामको प्रस्ताव राख्ने अपेक्षा गरिएको छ । यसअघि रुसले अस्थायी युद्धविरामको विचारलाई अस्वीकार गरेको थियो । यो समय किन्ने र युक्रेनको सैन्य पतन रोक्न गरिएको प्रयास भएको रुसको भनाइ थियो ।
सोमबार राति आफ्नो भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ताबाट ठोस नतिजा आउने अपेक्षा गरेको बताएका थिए । युक्रेन युद्धविराम सम्झौताका सर्तहरूमा अमेरिकी र युक्रेनी अधिकारीहरूले मंगलबार रियादमा वार्ता गर्नेछन् ।
जेलेन्स्की साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई भेट्न सोमबार साउदी अरब पुगेका छन् । तर वार्तामा जेलेन्स्की उपस्थित हुने अपेक्षा गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण