अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले युक्रेनलाई युद्धको समाधानका लागि भूभाग छाड्न भनेका छन् । युक्रेनले २०१४ देखि रूसले कब्जा गरेको क्षेत्रमा छुट दिनै पर्ने रुबियोले सोमबार भनेका हुन् ।
‘मलाई लाग्छ कि दुवै पक्षले यो बुझ्नु जरुरी छ कि यो द्वन्द्वको कुनै सैन्य समाधान छैन । रुसले सम्पूर्ण युक्रेन कब्जा गर्न सक्दैन, र युक्रेनका लागि रुसलाई २०१४ अघिको अवस्थामा धकेल्ने गाह्रो हुनेछ ।’ उनले भने ।
रुस र युक्रेनलाई कडा निर्णय लिन तयार रहन पनि रुबियोले भनेका छन् । रुबियो साउदी अरब आइपुगेका छन् । यस क्रममा उनले युक्रेनका वरिष्ठ अधिकारीहरूसँग भेट्नेछन् ।
साउदी पुगे जेलेन्स्की, तर वार्तामा भाग नलिने
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सोमबार साउदी अरब आइपुगेका छन् । तर उनी अमेरिकी विदेशमन्त्री रुबियोसँगको बैठकमा उपस्थित हुने छैनन् । यस बैठकमा उनको टोली उपस्थित हुनेछ । न्यूयोर्क टाइम्सका अनुसार यो भेटघाटको उद्देश्य फेब्रुअरी २७ मा ट्रम्प र जेलेन्स्कीबिच भएको चर्काचर्कीको क्षतिपूर्ति गर्नु हो ।
वार्तामा युक्रेनलाई प्रदान गरिएको अमेरिकी सैन्य सहायता र गुप्तचरको बारेमा पनि छलफल हुने बताइएको छ । जेलेन्स्की र रुबियोले साउदी युवराज मोहम्मद बिन सलमानलाई भेट्नेछन् । तर यो भेट छुट्टा छुट्टै हुने र दुई जना बिच कुनै भेटघाट हुने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण